बुधबार, साउन ७, २०८२

उपत्यकामा वाटर एटीएमको प्रयोग बढ्दो

‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

काठमाडौं- काठमाडौं उपत्यमा वाटर एटीएमको प्रयोग बढ्न थालेको छ। ‘वाटर भेन्डिङ’ मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटीएमको प्रयोग बढेको हो।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटीएम काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पहिलो चरणमा काठमाडौं महानगरसँगको सहकार्यमा महानगरभित्रका पाँच स्थानमा प्रयोगमा ल्याएको थियो। वाटर एटीएमको प्रयोग बढेसँगै हाल उपत्यकाभित्रका काठमाडौंमा १२, ललितपुरमा सात र भक्तपुरमा एक गरी जम्मा २० एटीएम सञ्चालनमा रहेका छन्।

काठमाडौंमा टेकु, कलंकी, स्वयम्भू, बाइसधारा, शंखपार्क, शंखधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहीद गंगालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटीएम सञ्चालनमा छन्। 

त्यसैगरी ललितपुरमा नेपाल इञ्जिनियर्स एशोसियशन, बंगलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस र मेन्टल अस्पतालमा एटिएम सञ्चालनमा छन्। भक्तपुरमा हाल भक्तपुर क्यान्सर अस्पतालमा सञ्चालनमा रहेको खानेपानी व्यवस्थापन बोर्डका इञ्जिनियर तेजविनोद पाण्डेले जानकारी दिए। 

वाटर एटीएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमूलक पोस्टरसहित एटीएम राखिएको छ। मानिसको भीडभाड हुने स्थान, पार्क तथा सार्वजनिकस्थलमा एटीएम व्यवस्था गरिएको हो। त्यसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ।

काठमाडौंको शंखधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिकजसो पानी पिउँदै आएका माइक्रो चालक लज श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताए। उनले भने, ‘थोरै प्यास लाग्दा पनि पहिला २५/३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ, हाल यहाँ नजिकै वाटर एटिएम राखेकाले सहज भएको छ।’ 

त्यसैगरी काठमाडौंको चक्रपथ नजिकै रहेको शंखपार्क परिसरमा रहेको वाटर एटीएमबाट पानी पिउने सर्वसाधारण भवानी कार्कीले नेपालमा नयाँ प्रविधि सञ्चालनमा आउँदा राम्रोे लागेको तर कुनैबेला मेसिनबाट गिलास नआउने र कहिले पैँसा साट्दा सिक्का नआउने समस्या रहेको बताइन्। साट्न राखेको पैसासमेत फिर्ता नआएको हुँदा समय समयमा मेसिन जाँच गर्नुपर्ने उनको सुझाव छ। 


प्रकाशित: Dec 07, 2022| 22:00 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।