आइतबार, वैशाख २७, २०८३

छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना

स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

महेन्द्रनगर- कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ। स्थानीय किसानले खेतबारी नै नष्ट हुन थालेपछि सो क्षेत्रका छाडा पशु एकत्रित गरेर नगरपालिका कार्यालय परिसरमा हुलेपछि विवाद सिर्जना भएको हो।

National life

बेदकोट–६ मा रहेको गौशालामा व्यवस्थापन नगरेर छाडा छाडिएको भन्दै तीन दिनदेखि स्थानीय आन्दोलित छन्। कञ्चनपुरका भीमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको राजमार्ग क्षेत्रमा छाडा पशु व्यवस्थापन नहुँदा नै सडक दुर्घटना पनि बढिरेहको छ। यहाँका पालिकले पशु व्यवस्थापनका लागि करोडौँ रकम खर्च गरे पनि दिगो व्यवस्थापन हुनसकेको छैन्।

त्यसैगरी पशु व्यवस्थापन विवाद भइरहेका बेला बेदकोट–३ उत्तरी चुरे क्षेत्रमा केही चौपाया गाडिएको अवस्थामा भेटिएपछि उक्त विवाद थप पेचिलो बन्दै गइरहेको छ। आज पनि गौसंरक्षण क्षेत्रमा सक्रिय विभिन्न सङ्घ-सङ्गठनले नगरपालिका कार्यालय अगाडि विरोध गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बेदकोटमा छाडा पशु व्यवस्थापनको विषयलाई लिएर विरोध भइरहेको र सो क्षेत्रमा प्रहरी परिचालन गरिएको बताए।

प्रकाशित: Dec 07, 2022| 21:00 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।