बिहीबार, असार ११, २०८३

विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण रहेको अभिनेता राजेश हमालको धारणा

यूएस खबर, फेम नेपाल, ८४ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं–नेफ्टा फिल्म अवार्डको ११औं संस्करणको भर्चुअल पत्रकार सम्मेलन काठमाडौमा सम्पन्न भएको छ। बुधबार भएको भर्चुअल सम्मेलनमा अभिनेता राजेश हमालले विदेशमा अवार्ड गर्नु चुनौतीपूर्ण रहे पनि कार्यक्रम सफल हुने विश्वास उनले व्यक्त गरे।

National life

अभिनेता निर्देशक नीर शाहले नेफ्टा फिल्म अवार्डको ११औं संस्करणलाई सफलताको शुभकामना दिए। चलचित्र प्राविधिक संघ अध्यक्ष पुष्कर लामाले कोरोना महामारीपछि नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार भएको र दर्शकको संख्या बढ्नु उत्साहजनक भएको सुनाए।

‘नेपाली फिल्मलाई सफ्टपावरको रूपमा विकास गरेर विदेशी बजारमा लैजाने हाम्रो उद्देश्य छ। यो सपना हामीले नेफ्टा अवार्डमार्फत पूरा गर्न चाहन्छौं,’ अध्यक्ष लामाले भने, ‘नेपाली र विदेशी फिल्ममेकरबीच बजार, संस्कृति र सम्भावना आदानप्रदान गर्ने उद्देश्य हो।’

आयोजक यूएस खबरका सञ्चालक किसन रेग्मीले नेपाल र अमेरिकाबीचको ७५औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा आयोजना हुन लागेको अवार्डलाई लिएर  उत्साहित रहेको बताए।

फेम नेपालका सञ्चालक विमलकुमार पछाईले हलिउड र बलिउडकर्मीलाई सहभागी गराएर कार्यक्रम गर्ने योजना रहेको जानकारी दिए। हलिउडका नेपाली कलाकार जसवन्तदेव श्रेष्ठले अवार्डलाई सफल तुल्याउन आफ्नो भूमिका हुने बताए। अमेरिकाको टेक्ससस्थित ६ हजार ३०० दर्शक क्षमताको ट्रस्ट सीयू थिएटरमा कार्यक्रम गर्न लागिएको हो।

Shivam cement

भर्चुअल पत्रकार सम्मेलनमा अवार्ड स्थलको भिडियो पनि प्रस्तुत गरियो। अध्यक्ष लामाका अनुसार नेपालका चर्चित कलाकारसहित राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सहभागी हुनेछन्। यूएस खबर, फेम नेपाल, ८४ मिडिया र आर्यन फिल्म्सले संयुक्त रुपमा अवार्ड गर्न लागेका हुन्। 

२०६३ मा काठमाडौंको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट नेफ्टाले अवार्ड सुरु गरेको थियो। गत वर्ष कोरोना महामारीले हुन नसकेको अवार्ड यस पटक भौतिक रुपमा गर्ने तयारी भएको हो। यसअघि मलेसिया, हङकङ, कतार र दुबईजस्ता विदेशी थलोमा कार्यक्रम भइसकेको छ।

प्रकाशित: Dec 07, 2022| 14:24 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।