आइतबार, वैशाख २७, २०८३

देशका विभिन्न स्थानमा तीन जना मृत फेला

देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्।

National life

सर्लाही, ब्रहमपुरी गाउँपालिका-६ नौकिलवा बस्ने देवशरण रायकी छोरी १० वर्षीया उषा कुमारी यादव सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो।

दार्चुला, लेकम गाउँपालिका-३ राडम बस्ने ५३ वर्षीय प्रेम सिंह ऐरी सोही ठाउँस्थित महाकाली नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। घरबाट सोही गाउँपालिका-३ लालीतर्फ जाँदै गरेको अवस्थामा महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। 

प्युठान, ऐरावती गाउँपालिका-४ कैरन स्थित झिम्रुक खोलाको बीच भागमा सोही गाउँपालिका-५ दर्गा बस्ने १८ वर्षीया मनिषा केसी मंगलबार मृत अवस्थामा फेला परेकी छन्।  यी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 12:26 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।