काठमाडौं- देशका छुट्टाछुट्टै स्थानमा तीन जना मृत फेला परेका छन्।
सर्लाही, ब्रहमपुरी गाउँपालिका-६ नौकिलवा बस्ने देवशरण रायकी छोरी १० वर्षीया उषा कुमारी यादव सोही ठाउँस्थित पोखरीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन्। घरबाट हराएकी उनको खोजी गर्ने क्रममा उक्त पोखरीमा शव फेला परेको हो।
दार्चुला, लेकम गाउँपालिका-३ राडम बस्ने ५३ वर्षीय प्रेम सिंह ऐरी सोही ठाउँस्थित महाकाली नदीको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन्। घरबाट सोही गाउँपालिका-३ लालीतर्फ जाँदै गरेको अवस्थामा महाकाली नदीमा खसेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
प्युठान, ऐरावती गाउँपालिका-४ कैरन स्थित झिम्रुक खोलाको बीच भागमा सोही गाउँपालिका-५ दर्गा बस्ने १८ वर्षीया मनिषा केसी मंगलबार मृत अवस्थामा फेला परेकी छन्। यी घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।