बिहीबार, असार ११, २०८३

चलचित्र निर्माता संघको कार्यसमितिमा थपिए गिरी र बानियाँ

चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाल चलचित्र निर्माता संघले कार्यसमिति सदस्यमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँलाई मनोनयन गरेको छ। मंगलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई संघको कार्यसमिति सदस्यमा मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष नवल खड्काले बताए।

बैठकले संघ उपाध्यक्ष उदय सुब्बालाई वरिष्ठ उपाध्यक्षमा पदोन्नति गर्ने निर्णय गरेको छ। संघले भर्खरै सम्पन्न निर्वाचनमा प्यूठानबाट प्रदेशसभा सदस्यमा निर्वाचित फिल्म निर्माता रोज राणा र धादिङबाट प्रदेशसभामा निर्वाचित निर्माता मधुकुमार श्रेष्ठलाई बधाइ दिएको छ।

बैठकले आगामी पुस दोस्रो साता ‘चलचित्र विकास र विस्तार’ विषयक अन्तरक्रिया कार्यक्रम गर्ने अध्यक्ष खड्काले जानकारी दिए। चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताको छाता संस्था हो।

प्रकाशित: Dec 07, 2022| 11:23 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।