NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बैतडीको दुदिलाखानमा जिप दुर्घटना : चारजना घाइते, दुईको अवस्था गम्भीर

बैतडीको दुदिलाखानमा जिप दुर्घटना : चारजना घाइते, दुईको अवस्था गम्भीर

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखानमा जि दुर्घटना हुँदा चारजना घाइते भएका छन्।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

धनगढी- जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका-६ दुदिलाखानमा जि दुर्घटना हुँदा चारजना घाइते भएका छन्। 

दुर्घटनामा बझाङ केदारस्युँ गाउँपालिका-५ गौराडीका जिप धनबहादुर गुर्धामी, बझाङकै बुंगल नगरपालिका-९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली रहेका छन्।

घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घाइते सबैलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको छ। 

बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जिप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो। जिप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 07, 2022| 10:17 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।