आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट

महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट

सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

काठमाडौं- सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ। दार्चुलाको सीमा क्षेत्रमा पर्ने महाकाली नदीको धार परिवर्तन गर्ने गरी भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन लागेपछि परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय दूतावासमार्फत कुटनीतिक नोट पठाएर सचेत बनाएको हो।

National life

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एकतर्फी रूपमा निर्माण भइरहेको तटबन्ध निर्माण रोक्न र त्यसैको बहानामा नेपाली नागरिकमाथि भएको ज्यादतीलाई लिएर कुटनीतिक नोट पठाएको जानकारी दिए।

कूटनीतिक नोटमा नेपालले भारतलाई महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न, सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पनि सहमति लिन र सीमा क्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी कुनै किसिमका क्रियाकलाप नगर्न सचेत रहनुपर्ने विषय उल्लेख गरेको बुझिएको छ।

दार्चुलाको सीमा क्षेत्रमा महाकाली नदीले भारतीय पक्षले तटबन्ध बनाउन सुरु गरेपछि केहिदिन अघि त्यसको विरोध गरेका नेपालीमाथि भएको ढुङ्गा प्रहारबाट केहि घाइतेसमेत भएका थिए।

घटनाबारे गृहमन्त्रालयले तयार पारेको स्थलगत प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।

प्रकाशित: Dec 07, 2022| 07:50 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।