आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा भिनाजुको हसिया प्रहारबाट सालाको मृत्यु, एक जना घाइते

कैलालीमा भिनाजुको हसिया प्रहारबाट सालाको मृत्यु, एक जना घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्।
 |  बुधबार, मंसिर २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

धनगढी- कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। हसिया प्रहारबाट जोशीपुर गाउँपालिका-६ कुमारी बाग बस्ने ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।

National life

भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ‍्गानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताएका छन्। भिनाजुको हसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्।

उनको उपचारका लागि कोहरलपुर रिफर गरिएको डीएसपी जोशीले बताए। मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्‍गाना फरार हरेको प्रहरीले जनाएको छ।

डीएपी जोशीले फरार भएका ढुङ्‍गानाको खोजीका लागि प्रहरीको दुई वटा टोली परिचालन गरिएको बताएका छन्।

प्रकाशित: Dec 07, 2022| 07:45 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।