शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबीच मोबाइल बीमा सम्बन्धी सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमकाबीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेरो सुरक्षाकाप्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइलबीमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यसअघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

कम्पनीले मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास गरेको छ । 

सम्झौतामा भनिएअनुसार कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराए वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउनेछ । 

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्ने बताइएको छ । मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । 

सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन समेत सक्ने कम्पनीको भनाइ छ । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ । 

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ । 

सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ । मेरो सुरक्षा र प्रिमियर इन्स्योरेन्सबीच मोबाइल बीमा सम्झौता, एक लाखको निशुल्क बीमा

काठमाडौं–मेरो सुरक्षाप्रालि र प्रिमियर इन्स्योरेन्सकाबीच मोबाइल बीमा सम्बन्धी सम्झौता भएको छ । मेरो सुरक्षाले दिँदै आएको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुको मोबाइलबीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमकाबीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

मेरो सुरक्षाकाप्रमुखकार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइलबीमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्समा हुनेछ । यसअघि मोबाइल प्रोटेक्सन प्लानका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल इन्स्योरेन्समा रुपान्तरण भएको हो ।

कम्पनीले मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहज रुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास गरेको छ । 

सम्झौतामा भनिएअनुसार कुनै कारणले मोबाइल फुटेमा, आगो वापानीले मोबाइलमा भौतिक क्षती पुगेर मोबाइल नचल्ने भएमा वा हराए वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउनेछ । 

मोबाइल प्रयोगकर्ताले मेरो सुरक्षाको मोबाइल एप तथा वेबसाइटबाट सिधै मेरो सरक्षा प्रोटेक्सन प्लान खरीद गरी मोबाइलको बीमा गराउन सक्ने बताइएको छ । मोबाइल प्रोटेक्सन प्लान लिनका लागि प्रत्येक वर्ष मोबाइलको खरिद मूल्यको ५ प्रतिशत रकम भुक्तान गर्नु पर्ने हुन्छ । 

सेवाग्राहीले मोबाइल किनेर मेरो सुरक्षा एप डाउनलोड गरी सिधै मोबाइलको बीमा गराउन समेत सक्ने कम्पनीको भनाइ छ । यसरी मोबाइलको बीमा गर्दा लाग्ने शुल्क खल्ती, आई पेका साथै १५ वाणिज्य बैंकका अनलाइन बैंकिंगबाट भुक्तान गर्न सकिन्छ । 

मेरो सुरक्षाले दशैं, तिहारको अवसरमा मोबाइल प्रोटेक्सन प्लानमा सहभागि हुनेहरुलाई एक लाख रुपैंयाको निशुल्क दुर्घटना बीमा उपलब्ध गराउने जनाएको छ । 

सोही कार्यक्रममा महानायक राजेश हमाल मेरो सुरक्षाको ब्राण्ड एम्बेसडर नियुक्त गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्