NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पाल्पामा बिहे भोज खाँदा १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

पाल्पामा बिहे भोज खाँदा १५० जना बिरामी, घरघरमा स्वास्थ्यकर्मी खटाइयो

पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन्।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

बुटवल- पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ। पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन्। उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ। 

कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचार गराएपनि अधिकांश गाउँमै भएकाले स्वास्थ्यकर्मी खटाएर उपचार सुरु गरेको हो। चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोललगायत घोरबन्दा गाउँमा बढी समस्या देखिएको छ।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झन्डै सय बढी घरपरिवारका १ सय ५० बढी तीन दिनयता बिरामी परेका हुन्। बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराज अधिकारीका अनुसार बिरामीहरूलाई प्राथमिक उपचार, स्लाइन पानी चढाउने, जीवन जलका साथै आवश्यक औषधि वितरण गरिएको छ। तर गाउँमा वितरण गरेको औषधिले काम नगरेपछि कतिपय बिरामी तानसेनका निजी मेडिकल र मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि गएका छन्।

बिरामी भएकाहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका समस्या देखिएको छ। शनिबार बिहेमा भोज खाएपछि आइतबार, सोमबार र मंगलबारसम्म समस्या बढ्दै गएको स्थानीय पेमा रानाले बताइन्। पखाला नरोकिने, सुख्खापन आउने, ज्वरो आउने समस्या देखिएको उनले बताइन्। गाउँमै बिहेभोज खाएकाहरू सबैलाई यस्तो समस्या देखिएको स्थानीय मुक्ति बस्यालले बताए। बगनासकाली गाउँपालिकाले मिसन अस्पतालका डाक्टर सञ्जीव रावल, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीका साथै विभिन्न वडाका स्वास्थ्य शाखा प्रमुखलाई बिरामीको उपचारका लागि गाउँमा खटाएको छ।

पोखराथोक स्वास्थ्य चौकी प्रमुख सरोज काफ्ले, यम्घाका प्रमुख रामप्रसाद न्यौपाने, दर्लमडाँडाका प्रमुख रेश्मीराज न्यौपाने, खानीगाउँ प्रमुख जीवलाल बस्याल, चापपानीका प्रमुख मोहनलाल घिमिरे, नसिङ स्टाफहरू उमा भट्टराई, चम्पा ढुंगाना, लक्ष्मी बस्याल, ल्याब टेक्निसियन अधिकृत मधु भट्टराई लगायतको टोली गाउँमा उपचारका लागि खटिएको छ। गाउँपालिका अध्यक्ष सरस्वती चिदी, उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्ष शेरबहादुर चिदी, कार्यपालिका सदस्य गीता रेग्मी लगायत वडासदस्यहरू पनि बिरामीको अवस्था बुझ्न गाउँमा खटिएको छन्।

Metro Mart

बिरामीलाई स्लाइन पानी चढाउने, औषधि वितरण, जीवनजललगायत स्वास्थ्य शिक्षा दिइएको छ। पानीमा समस्या हो कि भन्ने स्थानीयको आशंका भएकाले स्वास्थ्य कार्यालयले पानीको जाँचका लागि समेत टोली खटाएको छ। बिहेमा झण्डै ४ सय  जना सहभागी भएको र त्यसमध्ये ९० प्रतिशत बिरामी भएको स्थानीयले बताएका छन्।

चिर्तुङधारा स्वास्थ्य चौकी प्रमुख बस्याल, वडाध्यक्ष शेरबहादुर चिदीका साथै स्वास्थ्यकर्मी महेश ढुंगानाले सोमबार पनि घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। धेरैजना बिरामी अत्तालिएर तत्काल मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजका साथै निजी अस्पतालहरूमा पुगेका छन्। 

प्रकाशित: Dec 06, 2022| 20:05 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।