काठमाडौं–बजारमा पछिल्लो साता डबल बटम विकसित भएको कारणले आगामी साता बजार १२१० भन्दा तल नघट्ने अनुमान गरिएको छ ।
नेप्सेका प्राविधिक विश्लेषक धनकुमार राईले यसलाई लगानीकर्ताहरुको सक्रियताको निरन्तरताको रुपमा अंकित गर्न सकिने बताए ।
उनकाअनुसार फेरि पनि बजारले बुल प्रमाणित गर्न १२५० लाई उछिन्नै पर्ने भएकोले पनि ‘रिट्रेसमेन्ट’ गणना र बजारको ‘एक्सटेन्सन’ विधिअनुसार धेरै ‘रिट्रेसमेन्ट’ लिए १२१० भन्दामाथि १२२३, १२६५ देखि १३०० सम्म पुग्न सक्ने देखिन्छ ।
यहा गणितिय सूचकांक बिन्दु १२०४ भन्दामाथि १२०७ बिन्दुसम्मको उल्टो यात्रा टुंग्याएर साताको अन्तिम दिन बढेर १२५० बिन्दु नजिकसम्म उक्लिदै बन्द भएकोले छ ।
यो साता सक्रिय कारोबार रकमसहित बजारमा खरिददारी निरन्तर हुने देखिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४