NadaNada
बिहीबार, भदौ ५, २०८२

महाकाली घटनाबारे भारतलाई पठाइयो कूटनीतिक नोट

महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ।
 |  मंगलबार, मंसिर २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

vianetvianet

काठमाडौं– महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर अनधिकृत पक्की संरचना बनाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। परराष्ट्रले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत कूटनीतिक नोट पठाएको हो।

भारतलाई पठाइएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नुपरे दुवै देशको सहमति र समन्वय हुनुपर्ने उल्लेख गरिएको छ।

यसका साथै सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ।

यस विषयमा भारतलाई कूटनीतिक नोट पठाउन आग्रह गर्दै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो। गृहले सोमबार परराष्ट्रलाई पत्र लेख्दै दार्चुला सदरमुकाम खलंगाको पारिपट्टि भारतले महाकाली मिच्दै एकतर्फी तटबन्धन बनाएको र त्यसबाट नदीको धार नेपालतर्फ धकेलिएको उल्लेख गरेको छ। नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुर्‍याउने गृहको पत्रमा उल्लेख छ। 

आइतबार अपराह्न नेपालको दार्चुला र भारतको धार्चुला दुवैतर्फबाट ढुंगा हानाहान भएको थियो । पारिबाट हानिएको ढुंगा लागेर बांगाबगरस्थित कैलाशपति आधारभूत विद्यालय नजिक खेलिरहेका चार बालक घाइते भएका थिए।

Metro Mart

नेपाली बालक घाइते भएपछि आक्रोशित भएका स्थानीयले झोलुंगे पुलको गेटमा तालाबन्दी गरेर आवतजावत बन्द गरेका थिए । प्रशासनले बल प्रयोग गरेर केही घण्टामै ताला खुलाएको थियो। सोमबार पुनः भारतीय पक्षले धार्चुलातर्फ पुल बन्द गरेर केही घण्टा आवागमन अवरुद्ध पारेका थिए।

प्रकाशित: Dec 06, 2022| 16:30 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।