शुक्रबार, असार १२, २०८३

इजिप्टको लोकतन्त्र चियाउने पुस्तक, ‘इजिप्ट अन्टिल डेमोक्रेसी’

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ।
 |  मंगलबार, मंसिर २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २०, २०७९

काठमाडौं– लोकतन्त्र लागू हुने बेलासम्मको इजिप्ट (इजिप्ट अन्टिल डेमोक्रेसी) सरसर्ती पढ्दा अनादिकालदेखि समाजमा चलिआएका नैतिकता, असल आचरणजस्ता मौलिक गुुणलाई कसरी भूमण्डलीकरण, विज्ञान–प्रविधि तथा सञ्चार क्षेत्रमा आएको द्रुत विकासले चुनौती दिन्छ भन्ने कुरालाई प्रस्ट देख्न सकिन्छ।

National life

अझ भनौं, मुख्य शक्तिराष्ट्रका स्वार्थलाई चुनौती दिँदा, अन्त्यमा देशले कतिसम्मको पीडा खप्नुपर्ने हुन सक्छ र त्यो पनि भूमण्डलीकरणको घुमाउरो चेपमा अप्रत्यक्ष रुपमा कसरी शक्तिराष्ट्रले फसाउँदै लैजान्छन् भन्ने कुरा यस पुस्तकका लेखक प्राध्यापक डा. पुष्प अधिकारीले प्रस्ट पारेका छन्। 

राष्ट्रपति गमाल अब्देल नासेरले सुएज क्यानल (बाँध) लाई राष्ट्रियकरण गरेको बदला कसरी शक्तिराष्ट्रले लिए र प्रजातन्त्रको नाममा इजिप्टलाई पश्चिम एसियाको मुख्य शक्तिराष्ट्रबाट विकासोन्मुख राष्ट्रको हारमा खसाले भन्ने कुरा पुस्तकले विस्तृत रुपमा दिएको छ।

पश्चिमा राष्ट्रको लहैलहैमा लाग्दा कसरी राष्ट्रपति अनवर–अल–सादात आफ्नै मुलुकको हितको बेवास्ता गर्न थाल्छन् र पश्चिमा हित पूरा हुन छाडेपछि अन्त्यमा उनको हत्या हुन्छ? यसको चर्चा पुस्तकमा रहेको छ। सादातकै उपराष्ट्रपति होस्नी मुबारक राष्ट्रपति बनेपछि पश्चिमा खासगरी अमेरिकाको आडमा ३० वर्ष शासन सम्हाल्छन्। जब उनको पनि उपयोगिता सकिएको भान अमेरिकालाई हुन्छ, कसरी लोकतान्त्रिक आन्दोलनको छद्म आडमा उनलाई पनि विस्थापित गरियो भन्ने कुरा प्रस्ट रुपमा पुस्तकमा पढ्न पाइन्छ। 

अमेरिकाले वर्षौंसम्म इजिप्टमा सहायताका नाममा अर्बौं डलर खन्याएको र अन्त्यमा त्यसमै इजिप्टको बानी परेपछि सो सहायतालाई मोलमोलाइको मुख्य औजार बनाएर इजिप्टको अर्थतन्त्र धराशयी पारिएको घटनाको बेलिविस्तार पुस्तकमा पाइन्छ। दोस्रो विश्वयुद्धपछि पश्चिम एसियामा विकसित आर्थिक तथा सैनिक शक्तिराष्ट्र इजिप्टसँग मितेरी गाँस्न तत्कालीन अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर बारम्बार कायरो पुगिरहन्थे र अमेरिका अनबर–अल–सादातको शासनको पक्षमै रहने गरेको तथ्य पुस्तकमा पाइन्छ। 

Shivam cement

लामो र गहिरो अनुसन्धान साथ तयार पारिएको इजिप्ट अन्टिल डेमोक्रेसी पुस्तक नीति निर्माता तथा पश्चिम एसियाको राजनीतिमा रुचि राख्ने सबैका लागि उपयोगी देखिन्छ। खासगरी लोकतन्त्रको अमेरिकी संस्करणमा डुबुल्की मार्न खोज्ने दक्षिण एसियाली राष्ट्रका राजनीतिज्ञ, योजनाविद् तथा प्राज्ञिक वर्गले यो पुस्तक पढ्नैपर्छ। 

लामो समय पत्रकारिताका विभिन्न क्षेत्रमा परिचित तथा हाल राजनीतिशास्त्रका प्राध्यापक डा. अधिकारीले यो पुस्तक दस वर्षको अथक परिश्रमबाट तयार पारेका हुन्, जुन मिहिनेत पुस्तक पढ्दै गर्दा देखिन्छ। लान्सर पब्लिकेसन्स नयाँ दिल्लीले प्रकाशनमा ल्याएको यो पुस्तक अमेजन, फ्लिपकार्ट र लान्सर पब्लिसर्सबाट अनलाइन खरिद गर्न सकिन्छ।–रासस

प्रकाशित: Dec 06, 2022| 21:15 मंगलबार, मंसिर २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।