बिहीबार, जेठ २८, २०८३

५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै निफ्रा

ऋणपत्र ७ वर्षका लागि ७ प्रतिशत ब्याजदर दिने गरी जारी गर्न लागिएको बैंकले बताएको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले पाँच अर्ब रुपैयाँ बराबरको ऊर्जा ऋणपत्र जारी गर्ने भएको छ। बैंकका अनुसार यो साता ऋणपत्रका लागि आह्वानपत्र जारी हुनेछ। सो ऋणपत्र ७ वर्षका लागि ७ प्रतिशत ब्याजदर दिने गरी जारी गर्न लागिएको बैंकले बताएको हो। 

National life

प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाका अनुसार सो ऋणपत्र बैंक तथा वित्तीय संस्था लक्षित हो। ब्याजदर सस्तो भए पनि सो ऋणपत्र बिक्री हुनेमा निफ्रा ढुक्क छ।

बैंक तथा वित्तीय संस्थाले सो ऋणपत्रमा गरेको लगानी राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार कर्जामा लगानी गर्न पाइनेछ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कुल लगानीको कम्तीमा ६ प्रतिशत अनिवार्य ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ। 

सोही रकम ऋणपत्र किन्न प्रयोग गर्न सकिने भएकाले ब्याजदर कम भए पनि बिक्री हुनेमा बैंक व्यवस्थापन ढुक्क छ। ऋणपत्रबाट उठेको ५ अर्ब रुपैयाँ विभिन्न जलविद्युत् आयोजनामा थोरै मार्जिनमा लगानी गरिने बैंकले जनाएको छ। 

हालसम्म बैंकले १४ वटा विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ। लगानीका लागि आवेदन दिएका ऊर्जा लगानीमा सो रकम प्रयोग गर्न सकिने बैंकले बताएको छ। त्यस्तै, निफ्राले विभिन्न पूर्वाधार क्षेत्रका २९ परियोजनामा ३३ अर्ब ऋण लगानी गर्ने प्रतिबद्धता गरेको छ। हालसम्म पूर्वाधार क्षेत्रमा १९ अर्ब रुपैयाँ ऋण लगानी गरिसकेको छ।

Shivam cement

प्रकाशित: Dec 05, 2022| 17:03 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्