बिहीबार, जेठ २८, २०८३

नवलपरासी पश्चिममा धान उत्पादन ४५ प्रतिशतले वृद्धि

यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले जानकारी दिए।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा यसवर्ष धान उत्पादनमा ४५ प्रतिशतले वृद्धि भएको छ। गतवर्षको तुलनामा यसवर्ष करिब २८ हजार ९७३ मेट्रिक टन धान बढी उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीले जनाएको छ। 

National life

यसवर्ष जिल्लामा २० हजार पाँच सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र परासीका निमित्त प्रमुख सन्तोष चौधरीले  जानकारी दिए।

यस वर्षको साउन महिनाको खडेरीले धानमा क्षति पुगे पनि त्यसपछि नियमित पानी परेकाले धानमा क्षति हुन नपाएको चौधरीको भनाइ छ। रामग्राम नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, सुनवलका केही भाग र बर्दघाट नगरपालिका धानको पकेट क्षेत्रको रूपमा चिनिन्छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि उपयुक्त मानिन्छ। जिल्लामा हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ। 

धान प्रवर्द्धनका लागि गुणस्तरीय बीजवृद्धि कार्यक्रम, मसिना धानका कार्यक्रम सञ्चालन, सिँचाइका लागि पचास प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण, गुणस्तरीय बीउमा जोड दिने लगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको कृषि ज्ञान केन्द्र परासीका सूचना अधिकारी समीर मगरले जानकारी दिए। -रासस

Shivam cement

प्रकाशित: Dec 05, 2022| 22:00 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्