बिहीबार, जेठ २८, २०८३

४२ हजार मेट्रिक टन मल मौज्दात

युरिया २१ हजार ७६४ मेट्रिक टन, डीएपी १९ हजार ९८६ मेट्रिक टन र पोटास १ हजार ९३२ मेट्रिक टन मौज्दात रहेको कृषि मन्त्रालयद्वारा जानकारी।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार ९०० मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएको छ। युरिया २१ हजार ७६४ मेट्रिक टन, डीएपी १९ हजार ९८६ मेट्रिक टन र पोटास १ हजार ९३२ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताएका हुन्। 

National life

आर्थिक वर्षको पहिलो चार महिनामा ८६ हजार ५०० मेट्रिक टन मल बिक्री भइसकेको उनले  जानकारी दिए। ‘चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २ लाख ५७ हजार रासायनिक मल खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिएकामा १ लाख १० हजार मेट्रिक टन मल आयात भएको र ८६ हजार ५०० सय मेट्रिक टन बिक्री भइसकेको छ,’ उनले भने।

अहिले १५ हजार मेट्रिक टन रासायनिक मल आयात भइरहेको उनले बताए। यो वर्ष गहुँबाली तथा तरकारी खेतीका लागि रासायनिक मल अभाव नहुने दाबी गर्दै प्रवक्ता सञ्जेलले भने, ‘अहिले मौज्दात रहेको मल र आयात प्रक्रियामा रहेको मलको हिस्सा हेर्दा गहुँबाली तथा तरकारी खेतीका लागि अभाव हुँदैन।’ 

जीटुजीमार्फत खरिद गर्न लागिएको ३० हजार मेट्रिक टन युरिया मल पुस पहिलो साता नेपाल आइपुग्ने मन्त्रालयले बताएको छ। यस्तै, टेन्डर भएको बाँकी मल माघ तथा फागुनमा नेपाल आइपुग्नेछ। चालू आर्थिक वर्षमा मल खरिद व्यवस्थापका लागि १५ अर्ब बजेट विनियोजन भएको थियो। साउनमा अर्थ मन्त्रालयले १ अर्ब थप स्रोत सुनिश्चिततासहित विनियोजन गरेको  रकम १६ अर्ब पुगेको छ।

प्रकाशित: Dec 05, 2022| 11:21 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्