काठमाडौं- स्मार्टफोनको बहुआयामिक चारित्रिक विशेषता तथा अल्पसंख्यक उपयोगिताका कारण अहिले यसको पहिचान फोन गर्ने वा उठाउने तथा सन्देश पठाउने साधनका रुपमा मात्र सिमित छैन। दैनिक प्रयोजनमा यसको निरन्तर उपयोगिताका कारण अहिले स्मार्टफोनको ब्याट्रीलाई पनि यसको एक प्रमुख अंगका रुपमा लिइन्छ।
साधारणतया ठूला ब्याट्री भएका फोन स्वभाविक रुपमा लामो समयसम्म टिक्छ। तर, तिनलाई पूर्ण रुपमा चार्ज गर्न समयपनिउत्तिकै लाग्छ। यही समस्याको समाधानका लागि विभिन्न फास्ट चार्जिङ प्रविधिहरु विकसित गरिएका हुन्।
फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ। यसले साधारण ३ हजार एमएएचको ब्याट्रीलाई मात्र ३० मिनेटमै ७५ प्रतिशतचार्ज गर्ने क्षमता राख्छ, जुनवास्तवमै आश्चर्यजनक छ।
भरखरै सार्वजनिक ओपो एफनाइनलाई मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम प्राप्त गर्न सकिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४