काठमाडौं- सुजुकी जेन्युइन पार्ट्सको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको डिलर एभ मोटर्सले आफ्नो सीआरओ अर्थात सर्टिफाइड रिटेल आउटलेट खोलेको छ। काठमाडौंको बाफलमा माँ सन्तोषी अटो पार्ट्सको नाममा सो आउटलेट खुलेको हो।
आज एक कार्यक्रमका बीच सीजी होल्डिङ्सका नायब महाप्रबन्धक श्यामबहादुर श्रेष्ठले सो आउटलेटको उद्घाटन गरे । सो अवसरमा श्रेष्ठले सुजुकीका कुनै पनि सवारी साधनमा जेन्युइन पार्ट्स प्रयोग गरेमा सवारी साधनको आयु लामो हुने, यात्रा सुरक्षित रहने र पर्फमेन्स उत्कृष्ट हुने भएकाले सके सम्म सवारी साधनमा जेन्युइन पार्ट्स नै प्रयोग गर्नु पर्ने बताए।
एभ मोटर्सका सञ्चालक दिलिप सिग्देलले हाल कम गुणस्तरका नन–जेन्युइन पार्ट्सको प्रयोग बढ्दो क्रममा रहेकाले उपभोक्ताहरुले जेन्युइन पार्ट्सको महत्व बुझ्नु पर्ने बताए।
सीआरओ शुभारम्भको अवसरमा एक महिना सम्म पार्ट्समा १० प्रतिशत छुट उपलब्ध गराइने माँ सन्तोषी अटो पार्ट्सका सञ्चालक राज सुवेदीले जानकारी दिए।
माँ सन्तोषी अटो पार्ट्स एभ मोटर्स अन्तर्गतको दोस्रो रिटेल आउटलेट हो। यो भन्दा पहिले सुकेधारामा एभ मोटर्सले आफ्नै आउटलेट सञ्चालन गरिरहेको छ। एभ मोटर्स सुजुकी जेन्युइन पार्ट्सको उपत्यकाका लागि आधिकारिक डिलर हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४