बुधबार, असार १०, २०८३

दोलखा प्रदेशसभा (ख) बाट एमालेका केसी निर्वाचित

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- दोलखा प्रदेश सभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामालाई पराजित गर्दै केसी निर्वाचित भएका हुन्।

National life

उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए। यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए।

यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन्। लामा कांग्रेस दोलखाका सभापति हुन्। 

प्रकाशित: Dec 04, 2022| 14:08 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...