बुधबार, असार १०, २०८३

दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै

हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले १२ हजार ४९० मत प्राप्त गरेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन्।

National life

हालसम्म कूल २७ हजार ४१७ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीले  १२ हजार ४९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ११ हजार ४०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा  नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरे। 

प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२  हजार २२० मत प्राप्त गरेका छन्। दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियो।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए।

Shivam cement

प्रकाशित: Dec 03, 2022| 22:15 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...