बुधबार, असार १०, २०८३

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन्।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

National life

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन्। गुरुङ निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा चार हजार ६ सय ३१ मतले अगाडि छन्।

हालसम्मको मतगणनाअनुसार गुरुङले २७ हजार ३२ मत प्राप्त गर्दा अर्यालले २२ हजार चार सय एक मत ल्याएकी छिन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले सात हजार ६ सय ६२ मत प्राप्त गरेका छन्।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका–११, भिरकोट नगरपालिका–५, वालिङ नगरपालिका–१२, कालीगण्डकी गाउँपालिका–७ तथा चापाकोट नगरपालिकाका चार वडा गरी ३९ वडाको मगतणना सकिएको छ। अब चापाकोट नगरपालिका–५, ६, ७, ८, ९ र १० को मतगणना मात्र बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तैगरी स्याङ्जा क्षेत्र नं २ (२) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रता बढाउँदै लगेका छन्। चापाकोट नगरपालिका–४ वडासम्मको मतगणना सकिँदा भट्टराई एक हजार नौ सय ६६ मतान्तरसहित अगाडि छन्। भट्टराईले १४ हजार सात सय १५ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १२ हजार सात सय ४९ मत ल्याएका छन्।

Shivam cement

प्रकाशित: Dec 03, 2022| 15:36 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...