बुधबार, असार १०, २०८३

विराटनगरबाट सुरु भयो नेपथ्यको मानवताका लागि संगीत अभियान

अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी विराटनगरस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भए।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

विराटनगर– लोक रक ब्यान्ड नेपथ्यले दुई दशकअघि ‘शान्तिका लागि शिक्षा’ अभियान कार्यक्रम गरेको विराटनगरबाटै ‘मानवताका लागि संगीत’ अभियान सुरु गरेको छ। अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी विराटनगरस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भए।

National life

यसपालि नेपथ्यले अघिल्ला कन्सर्टभन्दा बेग्लै पहिलो गीत ‘भेडाको ऊनजस्तो’ पस्कियो। गीतको धुनमा परिमार्जनसहित नयाँपन दिएर सुरु गरिएको कार्यक्रममा दर्शक सहभागिता उत्साहपूर्ण रह्यो। दर्शकमा सुरुदेखि जागेको तापक्रमलाई निरन्तरता दिनकै निम्ति दोस्रो गीतमा ‘छेक्यो छेक्यो’, तेस्रो ‘लामपाते सुरती’ र त्यसपछि ‘चरी म¥यो’ र ‘जोमसोमे बजारमा’ जस्ता गीत पस्किए।

कार्यक्रम अवधिभर गायक अमृत गुरुङले बारम्बार मानवसेवा आश्रमको उद्देश्यबारे बोलेका थिए । ब्यान्डको पुरानो गीत ‘यो जिन्दगानी’लाई आश्रममा आश्रितको तस्बिरसहितका दृश्यबाट प्रस्तुत गरिएको थियो।

‘अर्को जुनी छ कि छैन थाहा छैन,’ उनी भनिरहेका थिए, ‘पुण्य कमाउने हो भने यसै जुनीमा र आजैबाट दान गरौं।’ गायक गुरुङले समाजमा एकताको आह्वान गर्दै त्यसले नै स्थिरता र विकास दिने तर्क राखे।

विराटनगरको सरकारी स्कुल गोग्राहा उच्चमाविकी पूर्वप्रधानाध्यापिका मीना जोशी यस स्थानमा फेरि नेपथ्यलाई पाएर अत्यन्तै खुसी देखिन्थन्। ‘आजभन्दा २० वर्षअघि मेरो स्कुलको अवस्था अत्यन्तै जर्जर थियो,’ जोशीले भनिन्, ‘त्यसबेला नेपथ्यले विराटनगरमा गरेको कन्सर्टकै आम्दानीबाट भरथेग पाएको स्कुल अहिले उच्च तहमा उत्कृष्ट अध्ययन अध्यापन गराउन सक्ने अवस्थामा पुगिसकेको छ।’

Shivam cement

विराटनगरका विभिन्न क्षेत्रमा सेवारत उच्च ओहोदाका व्यक्तित्व त्यसै विद्यालयका उत्पादन भएकाले आफूलाई गौरव लाग्ने गरेको जोशीले बताइन्। ‘नेपथ्यको संगीतले यसरी शिक्षा क्षेत्रलाई दिएको योगदानको उदाहरण हामी आफैं भएका छौं,’ जोशीले थपिन्, ‘अब आएर यो ब्यान्डले मानवताको क्षेत्रमा पनि सहकार्य गर्न लाग्दा खुसी छु।’

सडकमा आश्रित मानिसलाई ओत र खाना दिएर पुण्य कमाइरहेको मानवसेवा आश्रम र संगीतका माध्यमबाट समाजको हितमा समर्पित नेपथ्य दुवै परोपकारी चरित्रका संस्था भएकाले यसको समिश्रणबाट सिंगो नेपाली समाज लाभान्वित हुने विश्वास जोशीको छ।

कन्सर्टमा पहिलो लहरमै बसेर नृत्यरत एक परिपक्व अनुहार पनि देखिन्थ्यो। उनी थिए, स्थानीय समाजका परिचित व्यक्तित्व डा. हेमसागर रिमाल। रिमाल यहाँस्थित विराट मेडिकल कलेजका प्रिन्सिपल हुन्। तर नेपथ्यसँगको उनको साइनो अलि पुरानै रहेछ। करिब डेढ दशकअघि उनी अस्ट्रेलियाको मेलबर्नमा अभ्यास गरिरहेका डाक्टर थिए। त्यतिबेलै त्यहाँ आयोजना भएको नेपथ्य ब्यान्डको कन्सर्ट डा. रिमाल पनि पुगेका थिए।

‘आयोजक मानव सेवा आश्रमको टोली कलेजमा आएर नेपथ्यको नाम लिनेबित्तिकै पुराना दिनको सम्झनाले मेरा रौं ठाडो भएजस्तो महसुस भयो,’ डा. रिमालले थपे, ‘त्यसपछि आयोजकलाई विद्यार्थीमाझ लगेर आफैंले नेपथ्यबारे सुनाएँ।’ 

कन्सर्टको अन्त्यतिर ‘गाउँ–गाउँबाट उठ’ गाउन सुरु गरेपछि हाटखोला मैदानको धुलोले अकास छेक्लाजस्तै गरी सहभागी नाच्न सुरु गरे। त्यसलाई ‘रेशम’ र ‘तालको पानी’बाट अघि बढाउँदै अन्त्यमा नेपथ्यले ‘रातो र चन्द्रसूर्य’ गीत प्रस्तुत गरेको थियो। त्यतिबेला मुलुकप्रतिको भावनाले ओतप्रोत दर्शक राष्ट्रिय झन्डा बोकेर नृत्य गरिरहेका देखिन्थे।

मञ्चमा गायक अमृतलाई ड्रम सेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेसमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए। संगीतका साथै मानवता प्रवद्र्धनका लागि नेपथ्यको यो कन्सर्ट विराटनगरमा सफल भएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। 

विराटनगरको कन्सर्टपछि ७० सदस्यीय नेपथ्य टोली पाँच वटा ट्रक, दुई बस र केही साना सवारीमार्फत वीरगन्ज प्रस्थान गरेको छ। वीरगन्जस्थित आदर्शनगर रंगशालामा नेपथ्य १९ मंसिरमा प्रस्तुत हुँदै छ।

प्रकाशित: Dec 03, 2022| 12:36 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।