काठमाडौं- जनता अवकाश कोषको ३१ भदौमा कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७४-७५ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ।
कोषले आर्थिक बर्ष २०७४-७५ मुनाफाबाट कोषमा सहभागी बचतकर्ता-संचयकर्ताहरुलाई निजहरुको २०७५ असार मसान्तमा कायम रहेको बचत मौज्दातको १% का दरले मुनाफा वितरण गर्ने निणर्य गरेको छ । सो बराबरको रकम सहभागीहरुको सम्बन्धित खातामा १ असोजमा जम्मा गरेको जनाएको छ।
आयकर ऐन, २०५८ बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोषको रुपमा स्वीकृती प्राप्त गरी २०६० सालमा सिद्धार्थ अवकाश कोषको नाममा स्थापना भई सेवा प्रदान गर्दै आइ रहेको मामिति २०७५ असार १ गतेबाट कोषको नाम परिर्वतनभई जनताअवकाशकोषको नाममा संचालनमा रहेको छ ।कोषले हाल ४५० वटा संगठित संस्थाका १२ हजारभन्दा बढी सहभागीहरुलाई सेवाप्रदानगर्दै आएको छ ।
जनताअवकाशकोषले कर्मचारीको संचयकोष, अवकाशकोष, उपदानकोष, संचितविदाकोष, कर्मचारी कल्याण कोष र पब्लिक प्रोभिडेण्ड फण्ड अवकाश योजनामार्फत बिभिन्न बैंक, वित्तीय संस्था, अन्य संगठीत संघ, संस्था, प्रतिष्ठान, विद्यालय, उद्योग र कर योग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई सेवा प्रदान गरिरहेको छ।
कोषले संचालन गरेकाअवकाश योजनाहरुमाबार्षिक ८.५०% प्रतिशतका दरले व्याजप्रदानगर्नुका साथै संचित रकमको ९०% प्रतिशत सापटी लिन सक्ने व्यवस्था रहेको छ। कोषले सहभागीहरुलाई सुत्केरी स्यहार खर्च रु. १०,०००÷ र काजक्रियाखार्च रु. १०,०००÷को व्यवस्था गरेको छ।
जनताअवकाशकोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेकासम्पूर्ण शाखाहरुमार्फत कोषको सेवाप्राप्तगर्न सक्नेछन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४