शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईजी र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनमा इन्‍स्योरेन्स सम्झौता, 

ईजी र अजोड इन्स्योरेन्सबीच मोबाइल फोनमा इन्‍स्योरेन्स सम्झौता, 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- तिनकुने सुविधानगरमा अवस्थित ईजी एस्योरेन्स प्रालि र अजोड इन्स्योरेन्स लिमिटेडबीच मोबाइल फोनमा एस्योरेन्स सेवा सुविधा दिने उद्देश्यकासाथ सहकार्य भएको छ।

ईजी एस्योरेन्स प्रालिका अध्यक्ष संजित पौडेल र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीबीच मोबाइल फोनमा इन्स्योरेन्स सेवा प्रदान गर्ने विषयक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। 

उक्त सम्झौतापछि ईजी एस्योरेन्स प्रा।लि।ले मोबाइल प्रयोगकर्ताहरुको मोबाइल झरेर फुटेमा, मोबाइलमा पानी पसेमा वा मोबाइल चोरी भएमा एस्योरेन्स सेवा दिएका प्रयोगकर्ताहरुलाई क्षतिपूर्ति प्रदान गरिने छ। त्यस्तै आगलागीबाट मोबाइल नष्ट भएमा पनि त्यसको क्षतिपूर्ति दाबी गर्न सकिनेछ।

ईजी एस्योरेन्स प्रालिले यो सेवा लिएका मोबाइल प्रयोगकर्ताहरु कुनैपनि प्रकारको दुर्घटनामा परेर मृत्यु भएमा सो बापत १,००,००० र (एक लाख रुपैयाँ) को दुर्घटना बीमा अर्न्तगत रकम प्रदान गर्नेछ।

ईजी एस्योरेन्स प्रा।लि।ले प्रदान गरिरहेको मोबाइल फोन इन्स्योरेन्‍स सेवा अर्न्तगत मोबाइल ग्राहकहरुले न्यूनतम १,५०० र भन्दा माथिका मोबाइलहरुमा यो सेवा लिन सकिनेछ। न्यूनतम ४९ तिरेर १ वर्षसम्म मोबाइल फोन एस्योरेन्स सेवा उपयोग गर्न सकिनेछ । एस्योरेन्सको लागि लाग्ने शुल्क भने मोबाइलको बजार मूल्यअनुसार फरक फरक हुनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्