बुधबार, असार १०, २०८३

समानुपातिकतर्फ १ करोड ७ लाख मतगणना गर्दा साढे ४ लाख बदर

शुक्रबार बिहानसम्म समानुपातिकतर्फ एमालेले अहिलेसम्म २७ लाख ७३ हजार ९९९ मत ल्याउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम करिब अन्तिम चरणमा पुगेको छ। हालसम्म प्रतिनिधिसभाको १६५ मध्ये १६२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। स्याङ्जा, दोलखा र बाजुराको मतगणना जारी छ ।

National life

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ  झन्डै १ करोड ७ लाख मत गणना भइसकेको छ। गनिएको समानुपातिक मतमध्ये झन्डै साढे ४ लाख मत बदर भएको आयोगले बताएको छ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले स्याङ्जा, दोलखा, बाजुराको प्रत्यक्षतर्फसहित उदयपुर, धनुषालगायत केही जिल्लाको समानुपातिक मत गणना भइरहेको बताए।  उनले भने, ‘शुक्रबार बिहानसम्म आयोगको रेकर्डमा समानुपातिकतर्फ १ करोड ७ लाख मत गनिएको छ। त्यसमा साढे ४ प्रतिशत मत बदर भएको छ। बदर मतको एकमुष्ट संख्या रेकर्डमै हेर्नुपर्छ। बदर मत घटाएर दलले पाएको मत रेकर्डमा समावेश गरिएको हो। उनका अनुसार अब सबैतिरको गरी साढे २ लाख हाराहारी मत गणना बाँकी छ। 

आयोगका अनुसार शुक्रबार बिहानसम्म समानुपातिकतर्फ एमालेले अहिलेसम्म  २७ लाख ७३ हजार ९९९ मत ल्याउँदा दोस्रोमा नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत पाएको छ।

माओवादी केन्द्रले ११ लाख ६१ हजार २५६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१ मत ल्याएर पाँचौं स्थान बनाएको छ। 

Shivam cement

हालसम्म जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१ र जनमत पार्टीले ३ लाख ९४ हजार ३४५ मत ल्याएर सातौं पार्टी बनेको छ। 

राष्ट्रिय दल बन्न कम्तीमा ३ प्रतिशत मत कटाउनुपर्छ। यो हिसाबमा अहिलेसम्म ३ प्रतिशत मत ल्याएर थ्रेसहोल्ड कटाउने र राष्ट्रिय पार्टी बन्नेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र जनमत गरी सात पार्टी रहेका छन्।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले हालसम्म २ लाख ९४ हजार ६३ मत पाएको छ। उसलाई थ्रेसहोल्ड कटाउन अझै २० हजार हाराहारी मत आवश्यक पर्छ।


प्रकाशित: Dec 02, 2022| 12:55 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...