बुधबार, मंसिर ३, २०८२

कुटपिटबाट धनुषामा एकको मृत्यु, ६ जना पक्राउ

धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

धनुषा- धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ। बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

National life

उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको विषयमा विवाद थियो। 

त्यही विवादको क्रममा उनीमाथि कुटपिट भएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो। 

त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादवसहित ६ जनालाई पक्राउ गरेको छ। 

साथै, कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2022| 12:27 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।