बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैतडीमा किशोरी हत्या प्रकरण : सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीमा किशोरी हत्या प्रकरण : सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

धनगढी- बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा शसस्त्र प्रहरीका जवानविरुद्ध किटानी जाहेरी दर्ता भएको छ। 

National life

पीडीत परिवारले शिवनाथ गाउँपालिका-४ सोलपलाका भरतराम कोलीविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका हुन्। 

कोली कास्कीमा शसस्त्र प्रहरीको जवान पदमा कार्यरत छन्। उनी बिदामा घर आएका थिए। अहिले उनी फरार छन्। 

हत्या आरोपी कोलीको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए। 

पञ्चेश्वर गाउँपालिका-४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। 

Shivam cement

त्यसपछि बेपत्ता उनीहरूको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।

प्रकाशित: Dec 02, 2022| 11:59 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।