शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लगानी सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : मन्त्री महासेठ

लगानी सुरक्षाको ग्यारेन्टी सरकारले गर्छ : मन्त्री महासेठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन्।

नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए) द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उहाँले सो कुरा बताएका हुन्।

मन्त्री महासेठले नेपालको विकासमा अन्तर्राष्ट्रिय लगानी आवश्यक भएकाले एफआइएलाई लगानी गर्न आग्रह गर्नुभयो । वर्तमान सरकारको ध्यान नै सडक विकास तथा विस्तारमा रहेकाले यस क्षेत्रलाई व्यवस्थित गर्दै लगिनेमा पनि उनले जोड दिए। 

छिमेकी देश चीन र भारतको सहयोगमा नेपालमा हवाई, जल तथा सडक यातायातको विकास हुँदै आएको र अब छिट्टै रेलमार्ग पनि सञ्चालनमा आउँछ भन्दै मन्त्री महासेठले नेपालमा करीब तीन लाख २० हजार भन्दा बढी यातायातका साधन सञ्चालनमा रहेको बताए।

एशिया प्रशान्तका अध्यक्ष मिके नुनले विश्वको आर्थिक विकासको मेरुदण्ड यातायात नै भएकाले एफआइएले सडक यातायातका साथै पर्यटन र खेलकूद विकासलाई प्राथमिकता दिँदै आएको बताए। 
नेपालका २० र २५ देशका ४० गरी ६० जनाको सहभागिता रहेको उक्त सम्मेलनमा अटोमोबाइलसँग सम्बन्धित सङ्घसङ्स्थाहरुले आ-आफ्ना धारणा प्रस्तुत गर्ने भएका छन्। नेपालका सबारी चालकका चालक अनुमतिपत्रलाई विश्वव्यापी मान्यता दिनका लागि उक्त सम्मेलनमा पहल गरिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्