काठमाडौं- नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसनबाट घटेर इन्धनको नयाँ मूल्य प्राप्त भएको छ।
नयाँ मूल्यअनुसार डिजेलको मूल्य ११ रुपैयाँले घटेको प्राप्त भएको छ। पछिल्लो प्राप्त मूल्य अनुसार निगमलाई पेट्रोलमा १३ रुपैयाँ र मटीतेलमा ३५ रुपैयाँ प्रतिलिटर नाफा छ ।
यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २७७ रुपैयाँ नोक्सानी रहेको रहेको निगमले जनाएको छ।
नयाँ मूल्यले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ। नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुनेछ।