काठमाडौं- दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले सुरुवाती अग्रता लिएका छन्। जारी मतगणनामा कार्कीले १ हजार ६५४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी ९११ मतका प्राप्त गरेका छन्।
बिहीबर दोलखाका ४ मतदान स्थलका १० मतदान केन्द्रमा पुनः निर्वाचन भएको थियो। उक्त केन्द्रहरूमा ८ हजार ५ सय १४ मतदाता रहेकोमा ५० प्रतिशत अर्थात् ४ हजार २ सय ५७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।