बुधबार, असार १०, २०८३

अब राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादीलाई १७ हजार मत आवश्यक

पछिल्लो विवरण अनुसार नेकपा (एस)को समानुपातिकतर्फ दुई लाख ९४ हजार १८ मत प्राप्त गरेको छ।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन कठिन संघर्ष गरिरहेको बेला अहिलेसम्म दुई लाख ९४ हजार मत प्राप्त गरेको छ। निर्वाचन आयोगले पछिल्लोपटक सार्वजनिक गरेको विवरण अनुसार नेकपा (एस)को समानुपातिकतर्फ दुई लाख ९४ हजार १८ मत प्राप्त गरेको छ। 

National life

तर यो मत नेकपा एसलाई राष्ट्रिय पार्टी बन्न अपुग देखिन्छ। अहिलेसम्म एक करोड तीन लाख ७९ हजार ३ सय ५८ मत गनिएको छ। यो अवस्थामा थ्रेसहोल्ड कटाउनका लागि कम्तीमा पनि ३ लाख ११ हजार ३ सय ८० मत चाहिन्छ। 

नेकपा एसलाई अहिलेकै अवस्थामा थ्रेसहोल्ड कटाउन १७ हजार ३ सय भन्दा धेरै मत अपुग देखिन्छ। सबैभन्दा धेरै मत पाएर नेकपा एमाले अग्रस्थानमा छ। एमालेले २७ लाख ७२ हजार ९ सय ८५ मत पाएको छ भने नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत प्राप्त गरेर दोस्रो स्थानमा छ। 

नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार १ सय ७३ मत पाएका छ। चौथोँ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ४ सय १६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँचौँ स्थानमा ५ लाख ८५ हजार ८ सय ८७ मत पाएको छ। 

जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय २८ तथा जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ४० मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत पाएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ७८ मत पाएको छ। अरु कुनै पनि पार्टीले एक लाख मत कटाएका छैनन्। 

Shivam cement

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए। त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो। राजनीतिक दलसम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा ३ प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ।

अहिलेसम्म सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट ३ प्रतिशतभन्दा बढी मत कटाएका छन्।

प्रकाशित: Dec 02, 2022| 07:40 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...