बाजुरा- बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन्। सुरुदेखि नै अगाडि रहेका पाण्डेले दुई हजार ५५३ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका नेकपा एमालेका उमेदवार कर्णबहादुर थापाले एक हजार ९९७ मतका साथ पछ्याइरहेका छन्। उनीहरूबीच ५५६ को मतान्तर छ।