काठमाडौं- बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता बनाएका छन्।
पाण्डे २८० मत ल्याई अग्रस्थानमा रहँदा निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कर्णबहादुर थापाले १२० मत ल्याएर पछ्याइरहेका छन्।
मंसिर ४ गते निर्वाचन भएर अधिकांश स्थानको मतपरिणाम सार्वजनिक हुँदा बाजुरा र स्याङ्जा-२ मा भने सुरु भएको थिएन। दलहरूबीचको विवादले सुरु नभएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशनपछि बिहीबारबाट सुरु भएको हो।
हाल गणनामा रहेका प्रतिनिधि सभाका दुवै क्षेत्रमा कांग्रेसले प्रारम्भिक अग्रता बनाएको छ। हालसम्म कांग्रेसले ५५ स्थानमा जित हासिल गर्दा एमाले ४४ क्षेत्रमा विजयी भएको छ। माओवादी केन्द्र र नेकपा एसले क्रमश १७ र १० स्थान जितेका छन्।
जसपा, राप्रपा र रास्वपाले ७-७ स्थान जितेका छन् भने लोसपा, नगारिक उन्मुक्ति, नेमकिपा, जनमत र राजमोले क्रमश ४,३, १, १, १ सिटमा विजयी भएका छन्।