बुधबार, असार १०, २०८३

यी हुन् बागमती प्रदेशमा निर्वाचित पाँच महिला सभासद्

मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा केही ठाउँ बाहेक सार्वजनिक भइसकेको छ। चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिएका महिलाले पुरुष उम्मेदवारलाई पराजित गरेका छन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

हेटौंडा- मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा केही ठाउँ बाहेक सार्वजनिक भइसकेको छ। चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिएका महिलाले पुरुष उम्मेदवारलाई पराजित गरेका छन्।

National life

बागमती प्रदेशका १३ जिल्लामध्ये दोलखाको परिणाम आउन बाँकी रहँदा प्रदेश सभाका ६६ सीटमध्ये ५ क्षेत्रमा महिला उम्मेदवार निर्वाचित भएका छन्।

कांग्रसबाट प्रदेश सभामा उम्मेदवारी दिएकी काठमाडौं महानगरकी पूर्वउपमेयर हरिप्रभा खड्गी काठमाडौं ६ (१) बाट ४ हजार ३६१ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका निरेशलाल सिंहले ३ हजार ९३६ मत पाए।

प्रदेशसभामा विजयी हुने महिला उम्मेदवार सत्ता गठबन्धनका रहेका हुन्। सिन्धुपाल्चोक १ (१) मा कांग्रेसकी मसिना खड्का १४ हजार ६६७ मतका साथ विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका युद्धविक्रम तामाङ १३ हजार ४६६ मत प्राप्त गरे।

माओवादी नेतृसमेत रहेकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मकवानपुर २ (१) बाट एमालेका विष्णु ढकालमाथि झिनो अन्तरले जीत हासिल गरिन्। मोक्तानले १९ हजार ९०६ मत ल्याउँदा ढकाल १९ हजार ५८० मतमात्रै प्राप्त गरे।

Shivam cement

माओवादी केन्द्रको तर्फबाट बागामती प्रदेशकी पूर्वउपसभामुख राधिका तामाङ पनि नुवाकोट १ (१) बाट निर्वाचित भइन्। उनले एमालेका सुशीलकुमार खड्कालाई भारी मतान्तरले पराजित गर्दै जीत हासिल गरिन्। तामाङले १६ हजार १६९ मत ल्याँउदा खड्काले १३ हजार ३५० मत पाए।

नेकपा एकीकृत समाजवादीकी रमा आलेमगर काठमाडौं १० (२) बाट ५ हजार ८१८ मत प्राप्त गर्दै विजयी भइन्। उनका प्रतिस्पर्धी एमालेका रामशरण आलेमगरले ५ हजार १८८ मतमात्रै पाए।

प्रकाशित: Dec 01, 2022| 13:51 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...