बुधबार, असार १०, २०८३

स्याङ्जा २ मा कांग्रेसका गुरुङको अग्रता

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

वालिङ- स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन्। उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पारेका हुन्।

National life

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गरे। एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गरेकी छन्। 

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो। हालसम्म  गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६,  ७ र ८ को मतगणना सकिएको छ। 

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन्। एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले जानकारी दिए। दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ। निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो। 

प्रकाशित: Dec 01, 2022| 10:20 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...