पाकिस्तान- उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा नौ कामदारको मृत्यु भएको छ।
दुर्घटनाको समयमा खानीमा १३ जना कामदार रहेकोमा नौ जनाको शव निकालिएको त्यहाँका सरकारी अधिकारीले बताएका छन्।
खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको उक्त क्षेत्रका उपायुक्त अदनान फरीदले बताए।
घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।