बिहीबार, कात्तिक २७, २०८२

अफगानिस्तान : मदरसामा विस्फोट हुँदा १५ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको भएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

Laxmi sunrise bank
kumari

काबुल- अफगानिस्तानको उत्तरी सामंगन प्रान्तको एक मदरसामा बुधबार भएको विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको भएको छ। अफगानीस्तानको गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी टाकोरले सामंगन प्रान्तमा बुधबार अपराह्न धार्मिक विद्यालय (मदरसा)मा भएको विस्फोट भएको जानकारी दिएका हुन्।

 उक्त घटनामा अन्य २२ जना घाइते भएका बताइएको छ। विस्फोटको जिम्मेवारी कुनै पनि समूह वा व्यक्तिले लिएको छैन। 

'काबुलबाट २१५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी अयबक शहरमा स्थानीय समयअनुसार दिउँसो १ बजे मेड्रेसा जिहादिया (जिहादी मदरसा) मा भएको विस्फोटमा १५ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका छन्,' नाम खुलाउन नचाहने प्रहरी अधिकारीले भने। टनाबारे थप अनुसन्धान भइरहेको ती अधिकारीले बताएका छन्।

प्रकाशित: Nov 30, 2022| 20:57 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।