बुधबार, असार १०, २०८३

वाग्लेको 'पल्पसा क्याफे' अब नाट्य पुस्तिकामा

नाटकलाई पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन भएको हो।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- पत्रकार नारायण वाग्लेको उपन्यास 'पल्पसा क्याफे'मा आधारित नाट्य पुस्तिका सार्वजनिक भएको छ। नाटकलाई पब्लिकेसन नेपालयले प्रकाशन गरेको हो। बुधबार थापागाउँस्थित मण्डला थिएटरमा उक्त नाट्य रुपान्तरित पुस्तकको विमोचन भएको हो। 

National life

कवि नवराज पराजुली र नाट्य रुपान्तरक सुरज सुवेदीले पुस्तक अंशलाई वाचन गरेका थिए। उपन्यासलाई नाटकका रुपमा पुनर्लेखनको अनुभव सुनाउँदै सुरज सुवेदीले उपन्यासको कथावस्तुमै रहेर कल्पनाशीलतालाई प्रयोग गरेको बताए। 'कतिपय पात्रको भूमिकालाई 'रिभर्स' समेत गरेको छ,' उनले थप प्रष्ट्याए, 'झन्डै दुईदशक अघिको कथालाई वर्तमान परिवेशमा ल्याउन र एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गर्दा यो पुस्तक उपन्यास जस्तै छैन।' 

नाट्य लेखक सुरजले उपन्यासलाई नाट्य रुपान्तरण गर्दा मूल लेखक नारायण वाग्लेले आफूलाई पूर्ण स्वतन्त्रता दिएको पनि उल्लेख गरेका थिए।

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ले २०६१ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो। त्यसको अंग्रेजी अनुवादलाई पब्लिकेसन नेपालय र भारतबाट पनि 'र्‍याण्डम हाउस' ले १२ वर्षअघि प्रकाशन गरेको थियो। यो क्रमलाई पछ्याउँदै उक्त उपन्यासको कोरियन, फ्रेन्च र सिंहली भाषाका अनुवाद पुस्तकहरू पनि प्रकाशित भइसकेका छन्।

सुरजले गरेको रुपान्तरणमा आधारित दुइ घन्टाभन्दा लामो नाटकलाई विमल सुवेदीले निर्देशन गरेका थिए। थिएटर भिलेजको आयोजनामा यो नाटकलाई मण्डला थिएटरमा प्रस्तुत गरिएको थियो। त्यसै क्रमलाई निरन्तरता दिँदै मण्डला थिएटरमै यस पुस्तकको विमोचन आयोजना गरिएको हो। थिएटरमा हाल नाटक महोत्सव चलिरहेको छ।

Shivam cement

‘पल्पसा क्याफे’ पब्लिकेसन नेपालयको पहिलो प्रकाशित पुस्तक थियो भने ११२ पृष्ठको यो नाट्य रुपान्तरण पनि यस पब्लिकेशनबाट प्रकाशित पहिलो नाट्य पुस्तिका बन्नपुगेको छ। पुस्तकको मूल्य २९५ रुपैयाँ मूल्य राखिएको छ।

प्रकाशित: Nov 30, 2022| 19:54 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।