सोमबार, वैशाख ७, २०८३

रुसको ३ खर्बभन्दा बढी युरो जफत गर्ने इयूको प्रस्ताव

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेन युद्धको क्षतिपूर्तिका लागि पठाउने प्रस्ताव गरेकी हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

National life
kumari

ब्रसेल्स- युरोपेली आयोगले युक्रेन द्वन्द्वको क्षतिपूर्ति दिन रोक्कामा रहेको रूसी सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले विज्ञप्ति जारी गर्दै उक्त रकम युक्रेन युद्धको क्षतिपूर्तिका लागि पठाउने प्रस्ताव गरेकी हुन्। 

'हामीले रूसी केन्द्रीय बैंकको ३ खर्ब युरो रोक्का गरेका छौं। साथै, रुसी कुलीन वर्गको सम्पत्ति जफत गरेका छौं,' विज्ञप्तिमा उनले भनेकी छन्, 'हामी यसलाई सम्भव बनाउन हाम्रा साझेदारहरूसँग अन्तर्राष्ट्रिय सम्झौतामा काम गर्नेछौँ। सँगसँगै यसलाई प्राप्त गर्न कानुनी तरिकाहरूको खोजी गर्न सक्छौँ।'

उनका अनुसार ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको छ। -सिन्ह्वा

प्रकाशित: Nov 30, 2022| 19:44 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।