शुक्रबार, भदौ १९, २०८३

कास्कीमा ५ प्रतिशत मत बदर

कास्कीमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत १ लाख ७० हजार ३४४ र बदर मत ८ हजार ४६४ रहेको तथ्यांक।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

गण्डकी– कास्कीमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब ५ प्रतिशत मत बदर भएको छ। तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा २ लाख ९१ हजार ५६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ १ लाख ७८ हजार ८०६ मत खसेकोे थियो।

त्यसमध्ये सदर मत १ लाख ७० हजार ३४४ र बदर मत ८ हजार ४६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताए।

त्यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीन वटै निर्वाचन क्षेत्रमा गरी ६ हजार ७३८ मत बदर भएको छ। जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार ३८५ मत बदर भएको छ।–रासस

प्रकाशित: Nov 30, 2022| 15:35 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...