सोमबार, वैशाख ७, २०८३

चीनका पूर्वराष्ट्रपति जेमिनको निधन

पछिल्लो समय शरीरका विभिन्न अंगले काम गर्न छोडेको थियो। सांघाईमा उपचारका क्रममा उनको निधन भएको सन्ह्वाले जानकारी दिएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

बेइजिङ- चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। रक्त क्यान्सरबाट पीडित ९६ वर्षीय जेमिनको बुधबार निधन भएको हो। 

National life

पछिल्लो समय शरीरका विभिन्न अंगले काम गर्न छोडेको थियो। सांघाईमा उपचारका क्रममा उनको निधन भएको सिन्ह्वाले जानकारी दिएको छ। 

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए। उनीपछि चीनमा हु जिन्ताओ राष्ट्रपति बनेका थिए। जेमिन २०५३ साल मंसिर २० गते जेमिन नेपाल भ्रमणमा आएका थिए।

सन् १९८४ मा चीनबाट राष्ट्रपतिस्तरमा भ्रमणको सुरु भएको थियो। ली सियन नियन नेपाल आउने पहिलो चिनियाँ राष्ट्रपति हुन् भने वर्तमान राष्ट्रपति सी तेस्रा भए। राष्ट्रपति सी ३ वर्षअघि नेपाल भ्रमणमा आएका थिए।

प्रकाशित: Nov 30, 2022| 15:03 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।