बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको छैटौं दिन, श्रीलंका र भारतका नाटक मञ्चन हुँदै

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको छैटौं दिन, श्रीलंका र भारतका नाटक मञ्चन हुँदै

सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव नारासहित भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकार हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को छैटौं दिन बुधबार भारत र श्रीलंकाका दुई नाटक, पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिसहितका कार्यक्रम हुनेछन्। 

National life

इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदै छ। छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडन रोकथामको सन्दर्भलाई विषय बनाइएको छ। नाटकले आघातबारे अन्तत्र्रिmयामा आधारित अभ्यासको उपयोग गर्दै छाया माध्यमद्वारा नाट्य थेरापीको प्रयाससमेत गर्छ।

‘स्याडो लिवेरेसन’ दिउँसो २ र बेलुकी ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदै छ। त्यस्तै, दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदै छ।

‘राजा म दास हुँ’ अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको होनहार केटाले नाटकमा एक दास, राजा, राजकुमार गरी तीन फरक कथा सुनाउँछन्। जब  सबै पात्रले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्नेछ।

महोत्सवमा बुधबार मध्यान्ह १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदै छ। सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको सो नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन भएको थियो। विमोचनलगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ?’ शीर्षकमा प्यानल डिसकसन हुनेछ। साहित्यकार नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रंगकर्मी विमल सुवेदी, दिया मास्केसँग लेखक, पत्रकार बसन्त बस्नेतले वार्ता गर्नेछन्।

Shivam cement

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ नारासहित भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकार हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।

मंगलबार के–के भए?

निटफेस्टमा मंगलबार अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’ प्रस्तुत भएको थियो। उरुग्वेको नाटक ‘रियो’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को मञ्चन भएको थियो। सोही दिन बेलुकी नृत्य प्रस्तुति ‘पाइतालाका यात्रा’ प्रस्तुत भएको थियो।

१७ मंसिरसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। महोत्सवमा १८ नाटकको २५ मञ्चन तथा अन्तरक्रिया कार्यक्रम, कार्यशाला, सेमिनार सञ्चालन गरिनेछ।

प्रकाशित: Nov 30, 2022| 11:46 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।