बुधबार, असार १०, २०८३

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना एक करोड मतगणना सकिएको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

National life

जसअनुसार एमाले पहिलो दल बन्‍ने निश्चित छ। एमालेले २६ लाख ९६ हजार ५७५ मत ल्याएको छ भने कांग्रेस २५ लाख ५३ हजार ९४ मतसहित पछ्याइरहेको छ।

तेस्रोमा माओवादी केन्द्र रहेको छ। माओवादीले ११ लाख ४३ हजार ८९४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार २७५ मतसहित पछ्याइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादीको मत ३ लाख ८९ हजार १९७ रहेको छ।

एकीकृत समाजवादीभन्दा अगाडि जनमत पार्टी रहेको छ। जनमत पार्टीको मत ३ लाख ४९ हजार ३५२ मत रहँदा एकीकृत समाजवादीको मत २ लाख ८२ हजार २६२ छ। नागरिक उन्मुक्ति पार्टीको मत भने २ लाख ५० हजार ५९ रहेको छ।

Shivam cement

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ र नेपाल मजदुर किसान पार्टीले ७३ हजार ६०३ मत पाएको छ। अब बाजुरा, स्याङ्जा-२, दोलखा र सुनसरी-३ को १ लाख मतगणना बाँकी छ।

प्रकाशित: Nov 30, 2022| 10:17 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...