शुक्रबार, वैशाख ५, २०८२

यी चिकित्सक जसलाई जनताले अनुमोदन गरेनन्

राजनीतिक दलका साथै स्वतन्त्र रूपमा उम्मेदवारका रूपमा चुनावमा होमिएका चिकित्सकमध्ये धेरैले पराजित हुनु परेको छ।
 |  बुधबार, मंसिर १४, २०७९
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, मंसिर १४, २०७९

vianetvianet

काठमाडौं– गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा देशका विभिन्न स्थानमा योगदान गरेका चिकित्सकको पनि उम्मेदवारी थियो। उनीहरुमध्ये केही चिकित्सक निर्वाचित हुँदा केही पराजित भए‍का छन्। राजनीतिक दलका साथै स्वतन्त्र रूपमा उम्मेदवारका रूपमा चुनावमा होमिएका चिकित्सकमध्ये धेरैले पराजित हुनु परेको छ। 

triton college

डा. भोजराज अधिकारी 
सत्ता गठबन्धन (माओवादी)बाट चितवन-३ मा उम्मेदवारी दिएका डा भोजराज अधिकारी प्रतिनीधि सभा सदस्यका लागि निर्वाचित भएनन्। उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पराजित गरेका हुन्। पाण्डेले पाण्डेले ३४ हजार ६६२ मत ल्याउँदा अधिकारीले २४ हजार ६७१ मत ल्याएर पराजित हुन पुगे। 

डा सुरेन्द्र यादव 
पूर्व स्वास्थ्यराज्यमन्त्री तथा डा सुरेन्द्र यादव पनि यसपटक निर्वाचनमा पराजित भएका छन्। गत निर्वाचनमा संसदमा आएका डा. यादव यसपटक भने पराजित हुन पुगे। जसपाबाट महोत्तरी-४ बाट उम्मेदवारी दिएका यादवलाई नेपाली कांग्रेसका उम्मेदवार महेन्द्रकुमार रायले पराजित गरे। यादवले २१ हजार २९६ मत ल्याए भने उनलाई पराजित गर्ने कांग्रेसका रायले २५ हजार ४२० मत प्राप्त गरेका हुन्। 

डा रामप्रसाद उप्रेती
काठमाडौं-५ उम्मेदवार बनेका डा रामप्रसाद उप्रेती पनि यसपटक प्रतिनिधि सभाको लागि निर्वाचित हुन सकेनन्। उप्रेतीले राप्रपाको तर्फबाट क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थिए।  सो क्षेत्रमा नेपाली कांग्रेसका प्रदिप पौडेल निर्वाचित भए।

उप्रेतीले ३ हजार १६२ मत मात्रै ल्याएका छन्। डा. उप्रेतीले जमानत पनि जोगाउन सकेनन्। प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटी बापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ। यदि कुल सदर मतको १० प्रतिशत मत नपुग्ने उम्मेदवारको जमानत रकम जफत हुने व्यवस्था छ। उप्रतीले उम्मेदवारी दिएको क्षेत्रमा क्षेत्रमा ४३ हजार ७१६ सदर मत गणना गरिएको थियो। 

National life insurance

डा अर्चन शम्शेर राणा
काठमाडौं-४ मा हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका डा अर्चन शम्शेर राणा पनि पराजित भएका छन्। सो क्षेत्रमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निर्वाचित भएका छन्। थापाले २१ हजार ३०२ मत ल्याउँदै निर्वाचित हुँदा राणाले जम्मा १ हजार २१४ मत ल्याएका छन्। गगन कुमार थापा पूर्वस्वास्थ्यमन्त्री समेत हुन्। डा राणाको पनि जमानत रकम जफत भएको छ। उनको क्षेत्रमा कुल सदर मत ४३ हजर ८१५ थियो। 

डा. फिर्दोस आलम
रौतहट क्षेत्रनम्बर २ बाट उम्मेदवारी दिएका फिर्दोस आलम पनि निर्वाचित हुन सकेनन्। रौतहट-२ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका डा फिर्दोस आलम मोहमद आफताव आलमका छोरा हुन्। डा आलमलाई स्वतन्त्र उम्मेदवार किरणकुमार साहले पराजित गरेका हुन्। साहको ३२ हजार ८४२ मत आउँदा आलमले २८ हजार २४८ मत प्राप्त गरेका छन्। 

डा सुदिन शाक्य
तलितपुर-२ बाट उम्मेदवारी दिएका डा. सुदिन शाक्यलाई नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जनले पराजित गरे। डा शाक्य लौरो चुनाव चिन्ह लिएर हाम्रो नेपाली पार्टीका उम्मेदवार भएका थिए। तर उनलाई महर्जनले झन्डै ७ हजारको मतान्तर गर्दै पराजित गरे। महर्जनले १५ हजार २५ मत ल्याउँदा डा शाक्यले ८ हजार ८८६ मत ल्याए।

डा. नवीन मण्डल
हाम्रो नेपाली पार्टीको तर्फबाट सप्तरी २ का उमेद्वार डा नविन मण्डल पनि निर्वाचनमा पराजित भए। उक्त क्षेत्रमा २६ हजार १६६ मत ल्याउँदै कांग्रेसका दिनेश कुमार यादव निर्वाचित भएका छन्। तर डा नवीनको भने जमानत जफत भएको छ। मण्डलले जम्मा २८५ मत मात्रै ल्याएका छन्। 

डा राकेश न्यौपाने
बाराको क्षेत्र  १ बाट हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका डा राकेश न्यौपानेले पनि पराजय व्यहोरे। न्यौपानेले सदर मतको १० प्रतिशत पनि कटाउन सकेनन् र जमानत समेत जफत भएको छ। सो क्षेत्रमा नेकपा एमालेका अच्युतप्रसाद मैनाली निर्वाचित भएका छन्। मैनालीले ३९ हजार १९५ मत ल्याएका छन् भने न्यौपानले जम्मा ७३२ मत ल्याएका छन्। सो क्षेत्रमा ७६ हजार २२८ सदर मत थियो। 

प्रकाशित: Nov 30, 2022| 11:59 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...