शुक्रबार, साउन १५, २०८३

प्रधानमन्त्री कार्कीद्वारा कमलपोखरीमा छठीमाईको पूजा 

 |  सोमबार, कात्तिक १०, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको कमलपोखरी पुगेर छठीमाईको पूजा गरेकी छन्। 

सोमबार छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिई छठीमाईको पूजा गरेकी हुन्।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अघ्र्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ। प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट,

कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ।
 

प्रकाशित: Oct 27, 2025| 19:17 सोमबार, कात्तिक १०, २०८२
प्रतिक्रिया दिनुहोस्