बुधबार, असार १०, २०८३

उदयपुर-१ मा कांग्रेसका डा खड्काको जित निश्चित

उदयपुर-१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- प्रतिनिधि सभा सदस्यमा उदयपुर-१ बाट कांग्रेस उम्मेदवार डा नारायण खड्काको जित निश्चित भएको छ।

National life

परराष्ट्र मन्त्रीसमेत रहेका डा खड्का र निकटतम प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरीबीचको मतान्तर गन्न बाँकी मत भन्दा कम भएपछि डा खड्काको जित निश्चित भएको हो।  

उदयपुर-१ मा पर्ने क्षेत्रमा खसेको कुल मतमध्ये २ हजार मत गन्न बाँकी छ। डा खडकाभन्दा चौधरी २ हजार १५० मतले पछि छन्।

हालसम्मको गणनामा डा खड्काले ३० हजार ४६ मत ल्याउँदा चौधरीले २७ हजार ८९६ मत पाएकी छन्।

मंसिर ४ मा भएको निर्वाचनमा प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रको मतगणना जारी छ। तीनमध्ये एकमा एमाले र दुई वटा (खड्कासहित)मा कांग्रेसका उम्मेदवार अघि छन्। स्याङ्जा-२, दोलखा र बाजुरामा मतगणना सुरु भएकै छैन। बाँकी १५९ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभा र प्रदेशसभामा समानुपातिक तर्फको गणना जारी छ। 

Shivam cement

प्रदेश सभामा भने प्रत्यक्षतर्फ सुनसरी-३ 'ख'को मात्र गणना जारी छ। यहाँ एमालेका उम्मेदवार रामदेव यादवले अग्रता लिएका छन्। बाँकी ३१९ प्रदेश सभा क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। 

प्रकाशित: Nov 29, 2022| 18:58 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...