बुधबार, असार १०, २०८३

बाजुरा र स्याङ्जाको मतगणना माग गर्दै निर्वाचन आयोग पुग्यो कांग्रेस

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ र बाजुराको मतगणना सुरु गर्न आग्रह गरेको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– नेपाली कांग्रेसले स्याङ्जा २ र बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ। मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ र बाजुराको मतगणना सुरु गर्न आग्रह गरेको हो। 

National life

कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तसँग भेट गरी तत्काल मतगणना सुरु गर्न आग्रह गरे।  ‘स्याङ्जा २ को मत गणना स्थगित भएको विषयमा आयोगमा आएका हौं। बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित भएको छ। कयौं ठाउँमा स्थगित गरेर  पुनः गर्नू भनेको छ’, नेता पौडेलले भने।

उनले स्याङ्जा २ मा स्वतन्त्र निर्वाचन सम्पन्न भएकाले मतगणना रोक्नु आवश्यक नभएको बताए। निर्वाचन अवधिभर कुनै पनि घटना नघटेकाले आयोगले छानबिन समिति गठन गर्नु गलत रहेको उनको दाबी छ।

‘स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्रअनुसार मत खसेको छ। त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन। मतदाता नामावलीमा नाम भएका मानिसको भोट खसेको छ। मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन,’ वरिष्ठ नेता पौडेलले भने।

प्रकाशित: Nov 29, 2022| 15:07 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...