शनिबार, मंसिर २३, २०८०

काठमाडौंले छेकेको काठमाडौंबाहिरको रंगमञ्च

निटफेस्ट २०२२ को चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदै।
 |  सोमबार, मंसिर १२, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को चौथो दिन सोमबारदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदै छन्। ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्चः विविधताको उत्सव’ का रूपमा मनाइरहेको महोत्सवमा सोमबार ‘काठमाडौंले छेकेको नेपाली रंगमञ्चको दुःखः मञ्च, दर्शक कि नाटक’ विषयक प्यानल डिसकसन हुँदै छ । 

sagarmatha cement

साँझ ७ः३० बजे हुने कार्यक्रममा रंगकर्मीहरु पोखरा थिएटरका परिवर्तन, कलालय इटहरीका सोनु जयन्ती, बुटवलबाट सुरेश सापकोटा, कर्णाली आर्ट सेन्टरका हिरा बिजुली नेपालीसँग कदम थिएटर दमकका सिजन दाहालले अन्तरक्रिया गर्नेछन्।

दुई नेपाली नाटक

सोमबारै केही महिनाअघि मञ्चन भएका नेपाली नाटक ‘खुवालुङः ढुंगाको बाटो’ मञ्चन हुँदै छ। साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्याह्न १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ।

‘खुवालुङ’ जसले किराँती सभ्यताको इतिहासको रूपमा सदियौंदेखि सप्तकोसीको बीचमा उभिएको ढुंगाको कथाबारे बताउँछ। नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई फुटाउने धम्की दिने सरकारको आलोचना गर्दछ।

Metro Mart
worldlink

त्यस्तै, साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’ मञ्चन हुनेछ। यसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन्। रंगमञ्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्वसम्बन्धी प्रश्न आउन थाल्नेछन्। यी प्रश्नसँगै दर्शकले आफ्नो अनुभवका आधारमा आफूभित्रको विचारलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरण याद गर्ने प्रयास यस नाटकले गराउनेछ।

विशेष कार्यशाला

सोमबार २ बजेदेखि विशेष कार्यशाला हुँदै छ। ‘अपांगता भएका दर्शकका लागि रंगमञ्च कसरी पहुँचयोग्य बनाउने’ भन्ने विषयक कार्यशाला हुन लागेको हो। रंगमञ्चलाई अझै समावेशी बनाउन कार्यशाला विशेष रहनेछ।

त्यस्तै, ‘कार्डबोर्ड र रंगमञ्च’को विषयमा अर्को कार्यशाला पनि हुँदै छ।

आइतबार के–के भए?

आइतबार अमेरिका÷भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्रीः वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएको थियो। क्याटी बेक निर्देशित अंग्रेजी भाषाको ‘थ्री कन्ट्रीः वन मोदर’ लाई नीमा बल, क्याटी बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन्। सन् १९९० देखि २००० को बीचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपछि शरणार्थीको रूपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसको इतिहास दर्शाउने सत्य घटनामा आधारित कथा प्रस्तुत भएको थियो।


त्यस्तै, कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक ‘द म्याजिक स्वान–गिज’मा अभिभावक आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए। नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोकशैलीमा प्रस्तुत गरेको थियो।

आइतबारै साँझ नेपालका तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट ‘अवशेष’ पनि प्रस्तुत भएको थियो। यसमा अंशु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो।

१७ मंसिरसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश छन्। महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदै छ।


प्रकाशित: Nov 28, 2022| 12:21 सोमबार, मंसिर १२, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्