बुधबार, असार १०, २०८३

१३ मंसिरभित्रै तीन जिल्लाबाहेकको मत परिणाम सार्वजनिक भइसक्ने

बाजुरा, दोलखा र स्याङ्जाबाहेक अन्य सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मत परिणाम मंगलबारसम्म आइसक्ने।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ। हालसम्म कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम गरेको छ ।

National life

त्यसैगरी नेकपा एमाले ४३ स्थानमा विजयी भएको छ। नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात/सात, जनता समाजवादी पार्टी नेपालले ६ स्थानमा जित हासिल गरेको छ भने एक स्थानमा अग्रता कायम गरेको छ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन्। बाँकी स्थानको केही विवादका कारण निर्वाचन र मत गणनामा भएको ढिलाइ तथा मतगणना स्थागितका कारण समयमै नतिजा आउन सकेको छैन। बाजुरा, दोलखा र स्याङ्जाबाहेक अन्य सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मत परिणाम मंगलबारसम्म आइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

हाल प्रत्यक्षसँगै समानुपातिकको पनि मतगणना जारी रहेकाले उक्त तीन जिल्लाबाहेकको सबै मत परिणाम १३ मंसिरसम्म आइसक्ने पौडेलले जानकारी दिए।

बाजुरा, दोलखा र स्याङ्जामा देखिएको समस्याका सम्बन्धमा आयोगले आवश्यक निर्णय गरी यथाशीघ्र सबै मत परिणाम आइसक्ने आयोगको दाबी छ। अन्तिम मत परिणाम प्राप्त भएपछि त्यसको सम्पूर्ण विवरण आयोगले राष्ट्रपतिलाई बुझाउने कानुनी प्रावधान छ।

Shivam cement

प्रकाशित: Nov 28, 2022| 11:09 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...