काठमाडौं–काठमाडौं पानी पोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र चुनदेवीमार्ग गणेश वस्ती महाराजगंज काठमाडौंमा अवस्थित बोता मःमबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्ड वाहक सेवाग्राहीहरूले बोता मःममा १५ प्रतिशत विशेष छुट पाउने भएका छन् ।
काठमाडौंमा चार, ललितपुरमा एक र भक्तपुरमा खुल्ने क्रममा गरेको एकसहित कुल ६ आउटलेटर रहेको बोता मःमका सबै आउटलेटमा उक्त सम्झौता लागू हुनेछ ।
यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड आउटलेटमा देखाउनु पर्नेछ । सम्झौतापत्रमा आइएमई लिमिटेडकातर्फबाट ब्यापार प्रवद्र्धन अधिकृत अविनाश श्रेष्ठ र बोता मःमकोतर्फबाट अपरेशन इन्चार्ज बिजीन प्रधानले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौता सोमबारदेखि दुई वर्षसम्मका लागि लागू हुने जनाइएको छ ।
आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४